Tuesday, June 9News That Matters

साँढेको आक्रमणमा परी वृद्धाको मृत्यु

पूणपुष्टि, पौष २८

साँढेको आक्रमणबाट सप्तरीममा एक जना वृद्धाको मृत्यु भएको छ । छिन्नमस्ता गाउँपालिका–२ बस्ने ८० वर्षीया दुर्गीदेवी साहलाई साँढेले हान्दा मृत्यु भएको हो ।

आफ्नै घर अगाडि बाटोमा हिंडिरहेको अवस्थामा सार्वजनिक रुपमा छाडिएको साँढेले पछाडिबाट आक्रमण गर्दा साह गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

उनलाई उपचारका लागि जिल्ला सदरमुकाम राजविराजतर्फ ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।