Wednesday, May 27News That Matters

साईकल यात्रीको मृत्यु

पूर्णपुष्टि, माघ २९
मोरङ जहदा गाउँपालिका ४ रामचौक स्थित लोहन्द्रा पुल मुनि खोलामा घाईते भेटिएका साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ बर्षीय राजेश रिषिदेव रहेका छन् ।

हिजो बेलुका पौने ७ बजे रिसिदेव घाईते अवस्थामा रहेको जानकारी पाए लगत्तै सिमा प्रहरी चौकी पोखरियाबाट खटिएको प्रहरीको टोलीले घाईतेलाई उद्दार गरि उपचारको लागी कोशी अस्पताल विराटनगर पठाईएको थियो । घाईते रिसिदेवको उपचारको क्रममा पौने ८ बजे मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

 

 

 

 

 

 

 

 

 

(रासस)