Wednesday, May 27News That Matters

गाँजा सहित युवक पक्राउ

पूर्णपुष्टि, माघ २९
मोरङको पथरीशनिश्चरे नगरपालिका –४ का २४ बर्षीय दिपक दर्नाललाई १ के.जि. लागुऔषध गाँजा सहित पक्राउ गरेको छ ।
हिजो बेलुका पौने ७ बजे ईलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले दर्नाललाई केराबारी गाउँपालिका –१० बगैचा टोल स्थितबाट उनले बोकेको झोलामा उक्त परिमाणको गाँजा फेला पारेको थियो । पक्राउ परेका दर्नालको ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भइरहेको छ ।