Wednesday, May 27News That Matters

जिल्लाकै ज्येष्ठ नागरिकको मृत्यु

काठमाण्डौं, माघ २९
इलाम जिल्लाका ज्येष्ठ नागरिकको मृत्यु भएको छ । एक सय सात वर्षीय टङ्कनाथ भुर्तेलको मृत्यु भएको हो । उहाँको आज बिहान आफ्नै निजी निवास इलाम नगरपालिका–५ बरबोटे घरमा मृत्यु भएको हो ।

उहाँको आज बिहान ७ः३० बजे मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । उहाँको बुढ्यौलीकै कारण मृत्यु भएको बताइएको छ । उहाँको आज नै माइखोलाको कुँडुले सेपेनी घाटमा दाहसंस्कार गरिने बताइएको छ । उहाँका पाँच छोरा र दुई छोरी छन् । उहाँ बृद्ध भएकै कारण र जिल्लाकै बढी उमेरका कारण उहाँसँग धेरैले आशिष थाप्न र भेट्न जाने गर्नुभएको थियो । (रासस)