साउदीमा दाजु बहीनीलाई मृत्युदण्डको सजाय

पूर्णपुष्टि, ९ साउन ।
साउदीको मक्कामा दाजुबहीनीलाई मृत्युदण्डको सजाय दिईएको छ । यी दुईलाई आफ्ना आमाबुवा र दाइ बहिनीको हत्यामा दोषी पाइएको थियो । यसवारे साउदी अरब सरकारले जानकारी दिएका हुन् ।

अल अरेबियाको खबर अनुसार अब्दुल्ला अजिज बिन फाहेद बिन गजाया अल हरेथी र उनकी बहिनी ओहूदले आफ्नी आमा र दुई भाइको खानामा निद्राको औषधी मिसाइदिएकी थिइन् ।

त्यसपछि यी दुई दाइ–बहिनीले आफ्नी आमा र एक भाइलाई सुतिरहेका बेला गोली हानी हत्या गरेका थिए । त्यसको भोलिपल्ट अर्को भाइलाई पनि गोली हानियो ।

साउदी सरकारका अनुसार अपराधपछि दुई जना मिलेर शवलाई एउटा स्थानमा लिएर गएको र त्यहाँ आफ्ना बुवालाई बोलाएर उनलाई पनि गोली हाने ।

सरकारका अनुसार यी दाइ बहिनीले पूरा घरलाई आगो लगाइदिएको र ग्यास लिक भएका कारण सल्किएको आगोमा परी सबै जना मरेको बताए ।

साउदी सरकारले सुरक्षा र स्थिरता यथावत् राख्नका लागि आफू प्रतिबद्ध भएको र यस्तो अपराध गर्नेले निश्चित रूपमा सजाय पाउने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0