
पूर्णपुष्टि, बैशाख ११ । उदयपुरको त्रियुगा नगरपालिका–११ साकेला टोलमा प्रथम स्वर्गीय दिपक राई (दोर्पाली) स्मृती फुटबल प्रतियोगिता २०८१ हुने भएको छ । स्वास्थ्यको लागी खेलकुद राष्ट्रको लागी खेलकुद भन्ने मुल नाराका साथ जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा साकेला युवा समुहले दोर्पाली स्मृती फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो ।
साकेला खेल मैदानमा यहि बैशाख २२ गते देखी २९ गते सम्म प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले नगद रु. २० हजार सहित ट्रफी, मेडल र उपविजेताले नगद रु. १० हजार सहित ट्रफी, मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ । जिल्ला स्तरिय खेलाडी समेत रेहेका दोर्पालीको सम्झनामा फुटबल प्रतियोगिता सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ ।
