
पूर्णपुष्टि, १३ जेष्ठ ।
गाईघाटका किरात राईहरुले उभौली पर्व साकेला धुमधामका साथ सम्पन्न गरेको छ । बैशाख पूर्णिमा देखी सुरु भएको उक्त चाँड शनिवार गाईघाट स्थित साकेला थानमा सम्पन्न भएको हो । १६ ओटै वडावाट उपस्थित रहेको प्राकाशहरुले धुमधाम साकेला नाचेर यस वर्षको उभौलीको बिट मारेहको हो ।
राईहरुको संस्कार संस्कृतिमा आधरित यो चाँडको निकै महत्व रहेको समुदायको अगुवाहरु बताउँछन । उभौँली र उधौली गरी बर्षमा दुई पटक पुजा आजा सहित मनाईने यो चाँड उभौली भने अझै बिषेश रुपमा मनाईने गरेको पाईन्छ ।
यस चाँडमा राई समुदायका नलनाता, परिवार र बिच एक आपसमा आवत जावत गरी मछामा पुजा गर्ने चलन छ । गाईघाटको १६ ओटै प्रारम्भीक समितिले छुट्टा छुट्टै समयमा साकेला नाचगान सहित गाईघाटमा अन्तिम नाचेर सम्पन्न गरेको हो । त्यस बाहेकका अन्य स्थानबाट समेत सहभागी राई समुदायहरु भव्य रुपमा यस बर्षको साकेला उभौली सम्पन्न गरेको हो ।

