
पूर्णपुष्टि, १३ जेष्ठ ।
गाईघाटमा ३ दिने आधारमुत पत्रकारिता तालिम शनिवार बाट सुरु भएको छ । उपभोक्ता हित संरक्षण सम्बन्धि सचेतना कार्यक्रम अन्तर्गत तीन दिने आधारभुत पत्रकारिता तथा सिप लेखन तालिम संञ्चालन गरिएको आयोजकले जनाएको छ । नेपाल घरेलु तथा साना उद्योग माहासंघको समन्वयमा घरेलु तथा साना उद्योग गाईघाटले तालिमको आयोजना आयोजना गरेको हो ।

तालिममा १२ देखी १५ जना सम्म सहभागी रहने जनाईएको छ । घरेलु तथा साना उद्योग माहासंघ उदयपुरका अध्यक्ष मधुकर थापाले संञ्चार उद्योगलाई बढाउँदै जाने उदेश्यले तालिमको आयोजना गरेको जनाए । आज हरेक क्षेत्र संञ्चार सँग जोडिँदै गर्दा उद्योगलाई पनि संञ्चार सँग जोड्ने र संञ्चार उद्योगलाई पनि विस्तार गर्दै जाने थापाले जनाए । उनले सानो बजेटका कारण बृहत तालिम गर्न नसके पनि आउँदो दिनमा एडभान्स तालिम समेतको व्यवस्थापन हुने गरी घरेलु उद्योगलाई बजेट व्यवस्थापनका लागि अनुरोध गरे । थापाले तालिम पश्चात मिडियामा जोडिएर उद्योग र ब्यवसायीहरुको हक हितमा लेख्न समेत सुझाए ।
यस्ते घरेलु तथा साना उद्योगका गाईघाटका प्रमुख नरेन्द्र पराजुलीले कार्यलयको कार्यक्रम अनुसार संञ्चार उद्योग पनि समेटिएको हुँदा पहिलो पल्ट यो कार्यक्रमको आयोजना गरेको जनाए । कार्यक्रम उल्लेख भएपनि शिर्षक उल्लेख नगरिएको हुँदा उपभोक्ता हित संरक्षण सम्बन्धि सचेतना कार्यक्रम शिर्षकमा तालिम उपलब्ध गराएको जनाए ।
उनले यो तालिम झिल्कोको रुपमा मात्रै संञ्चालन गरेको र थप प्रभावकारी सावित भए थप बजेटहरु तयारी गरी आउँदो समयमा सबै निकायहरु सित समन्य र सल्लाहको आधारमा बृहत रुपमा गरिने जनाए ।पत्रकार माहासंघ उदयपुरका अध्यक्ष भरत खड्काले पत्रकारहरु सँग सम्बन्धित तालिम भएका कारण माहासंघ सँग पनि समन्वयको पाटो खोजेको भए राम्रो हुने कुरामा सुझाव दिए आधिकारिक रुपमा जिल्लामा माहासंघ भैरहँदा यसको समन्वय हुनु पर्नेमा उनले जानकारी गराए ।तथापी संञ्चालित तालिम सफल र सहज हुनेमा शुभकामना व्यक्त गरे ।
कार्यक्रममा आदिवासी जनजाति (फोनिज) उदयपुरका अध्यक्ष इश्वर बलम्पाकीले सहभागीहरुलाई हौसालास प्रदान गरे । तालिमलाई क्रान्तीकारी पत्रकार संघको केन्द्रीय अध्यक्ष इन्द्र राउतले सहजकिरण गर्ने भएको छ ।

