Wednesday, June 10News That Matters

उदयपुरगढीको तावाश्रीमा बालमैत्री वडा घोषणाका लागि जाल्पाको अनुगमन

पूर्णपुष्टि,जेठ १३ । उदयपुरगढी गाउँपालिका १ तावाश्रीमा बालमैत्री वडा घोषणाको लागि अन्तिम तयारी भैरहेको छ । वडा नं १ तावाश्री तथा वडा वाल अधिकार समितिले बालमैत्री वडाका लागि ५१ सूचकको निर्माण र त्यसको कार्यन्वयन पक्षमा लागि परिरेहको अवस्था थियो । ५१ ओटा सूचकहरु पुरा गर्दै बालमैत्री वडाको लागि वडा नं १ तावाश्रीले पुर्ण रुपमा घोषणा गर्न अन्तिम तयारीमा जुटी रहेको छ ।

बालमैत्री वडाका लागि वालवालिकाहरु सँग सम्बन्धीत आवश्यक ५१ ओटा सूचकहरुको निर्माण र कार्यन्वयन गर्नु पर्ने हुन्छ । जाल्पा एकिकृत विकास समाज उदयपुरका अध्यक्ष पुष्प पोखरेलले उदयपुरगढीको १ नं वडा तवाश्री बालमैत्री वडा उन्मुख पाईएको जनाए । उक्त वडामा वल्र्ड भिजन नेपालको सहयोगमा जाल्पाले पनि बिभिन्न काम गरेको भन्दै शुक्रबार अनुगमन गरेका थिए । अध्यक्ष पोखरेलले अनुगमनका क्रममा वडाले आवश्यक काम कार्वाहीहरु पुरा गरेको हुनाले वडालाई बालमैत्री वडा घोषणामा गर्न सकिने सुझाव दिए । पोखरेललका अनुसार जाल्पाले त्यस वडामा बाल प्रोफाईल तयार, बाल लगानी योजना तयार, बाल क्लव भेला, बडा स्तरीय बालमैत्री कमिटि र बालवालिकाहरुलाई क्षमता अभिबृद्धि गराउने कामहरु गरेको जनाए । यस कार्यले पनि वडालाई बालमैत्री वडा घोषणाको लागि महत्वपूर्ण सहयोग पुराएको पोखरेलको भनाई छ । अनुगमनको क्रममा वल्र्ड भिजन र जाल्पाले बालमैत्री वडा घोषणाका लागि आवश्यक थप सहयोग र साथ दिने समेत पोखरेलले बताए ।

वल्र्डभिजनका फिल्ड कोडिनेटर आनन्द कार्कीका अनुसार तावाश्री वडा नं १ चाँडै वालमैत्री वडा घोषणाको अवस्थामा रहेको जनाए । कार्कीका अनुसार बिगत ७ बर्षदेखी उक्त वडा बाल अधिकार समितिले पालिकाको सहयोगमा आवश्यक कामहरु गरिरहेको जनाए । सोही काम कार्वाहीको अनुगमन जाल्पा सहित जिल्ला समन्वय समिति र पालिकाले गरेका थिए । अनुगन पश्चात प्रतिवेदन ठिक भए सँगै तावाश्रीलाई अब बालमैत्री वडा घोषणा गर्ने अन्तिम तयारीमा समिति जुटिरहेको कार्कीले जनाए ।

जिल्ला समन्वय समितिका प्रमुख गोर बहादुर विश्वकर्माले बालमैत्री वडाका लागि आवश्यक मापदण्ड पुरागरेकोमा आफु विश्वस्त रहेको जनाए । उनले जाल्पा र वल्र्ड भिजनलाई समेत सहयोगका लागि धन्यवाद दिँदै पालिका भरी रहेको अन्य वडालाई बालमैत्री वडा घोषणाका लागि थप सहयोग गर्न आह्वान गरे । उनले समन्वयको तर्फबाट पनि यस कार्यमा सक्दो सहयोग गर्ने जनाए । वडा अध्यक्ष तथा बाल अधिकार समितिका समेत अध्यक्ष रहेका दिल बहादुर राना मगरले लामो प्रयास पछि बालमैत्री वडा घोषणा लागि सक्षम भएको जनाए । यस कार्यमा सहयोग पुराउने बिभिन्न निकायहरु जाल्पा एकिकृत विकास समाज, वल्र्ड भिजन, बालवालिका, गाउँपालिका, वडा कर्मचारी स्थानीय र विद्यालयहरुलाई अध्यक्ष मगरले धन्यवाद व्यक्त गरे । उनले २५ गते बृहत कार्यक्रमको आयोजना गरी वडालाई पूर्ण बालमैत्री वडा घोषणा गर्ने समेत जनाए ।