
गाईघाट/चैत्र, २४
गाईघाटमा तरकारी किनबेचको लागि सामाजिक दुरी लागु गरिएको छ । त्रियुगा नगरपालिका वडा नं १३ हवाइफिल्डमा रहेको तरकारी बजारलाई भिँडभाँड र समाजिक दुरी कायमको मापदण्ड अनुरुप सोमवार देखी किनबेच गर्न थालिएको हो ।
कम्तिमा ३ फिटको फरकमा तरकारी किनबेच गर्नको लागि यो मापदण्ड लागु गरिएको हो । तरकारी पनि दैनिक जिवनको अतिआवश्यक भित्र पर्ने भन्दै प्रशासन, सुरक्षा, वडाका जनप्रतिनिध, टोल विकास संस्था र सगरमाथा कृषि उपज समितिले यसलाई व्यवस्थित पार्न हिजो बसेको बैठकले दुरी नियम लागु गरेको हो ।
सटरहरुमा बस्नेहरुमा पहिले नै दुरी कायम रहेको र अन्य अव्यवस्थित रुपमा बस्नेहरुको लागि खाली ठाउँमा यसको व्यवस्था गरी आज बाट किनबेच सुरुगरिएको सगरमाथा कृषि उपज समितिका सचिव शिब बहादुर खड्काले जानकारी दिनुभयो ।
उहाँले तरकारी बजार अत्यादिक भिँड हुने स्थान रहेको बताउँदै सामाजिक दुरीको आवश्यक रहेको बताउनुभयो । अझै यसलाई व्यवस्थित बनाउनका निम्ति यसको बारेमा सूचनाहरु फैलाउने समेत बताउनुभयो । घरको एकजना भन्द बढी तरकारी किन्न नआउन समेत अनुरोध छ । यसको बारेमा भोली बाट माइकिङ गरी सर्वसाधरणलाई सुचित गराउने समेत खड्काले बताउनुभयो ।
खड्काले किन्ने र बेच्नेबिच दुरी कायमको लागु, र भिँडभाँडमा समितिले तैनाथ गरेको बताउनुभयो । उहाँले किन्नेले पनि नजिक बसेर नकिन्न अनुरोध गर्दै किन्नेले नछान्न बेच्नेले पनि नराम्रो नबेच्न अनुरोध गर्नुभयो । यसो भएमा सामाजिक दुरीको पूर्ण पालना र सदुपयोग हुने उहाँले बताउनुभयो ।
तस्विरहरु

