Wednesday, August 5News That Matters

सामाजिक संञ्जालमा चर्को बिरोध भएपछि वडाअध्यक्ष विष्टले मागे राई सँग माफी

पूर्णपुष्टि, जेष्ठ १७

भोजपुरको हतुवागढी गाउँपालिका  वडा नं ४ का वडाअध्यक्ष चन्द्रबहादुर विष्टले सोही वडाका स्थानीय भक्तबहादुर राई समक्ष माफि मागेका छन् । आईतबार बिज्ञाप्ती जारी गर्दै आफुबाट हुन गएको गल्ती प्रति क्षामा चाहान्छु भन्दै बिष्टले माफी मागेका हुन् ।

उनले काम माग्दै आएका एक वडावासी बृद्ध भक्तबहादुर राईलाई तथानाम गाली गरेको भिडियो सार्वजानिक भएपछि सामाजिक संञ्जालबाट चर्को बिरोध भएको थियो ।

भिडियोमा अनुसार काम माग्दै गएका बृद्धलाई वडाअध्यक्ष विष्टले चर्को स्वरमा काम किन चाहियो उभिन सक्नु छैन लाज लाग्दैन काम माग्नु ? काम गर्नु त तागत चाहियो नि खुरुक्क घर जाउ भनेका छन् । यसपिछ ति बृद्धले गर्नु सक्छु भनेर प्रतिबद्धता दिएको छ र उनले भनेको छ गरेर देखाए भने नि भनेका छन् र बिष्टले गाली गर्दै ति बृद्धलाई घर पठाएका छन् ति बृद्धले जान्न म भनेपछि बिष्टले फेरी यही बसेर मर्न त भनेका छन् । यहि भिडियो सामाजिक संञ्जालमा भाईरल बनेको थियो । यो भिडियो भाईरल बने पश्चात सामाजिक संञ्जाल मार्फत नै विष्टको बिरोध भएको थियो । जनप्रतिनिधिले जेष्ठ नागरिक र गरिब जनतालाई अपमान गरेको भन्दै सबैले नकरात्मक प्रतिक्रिया दिएको थियो । वडाअध्यक्ष विष्टका अनुसार ति बृद्धले कोरोना रोकथामको शिलशिलामा काम गरिरहेको अवस्थामा अमर्यादित तरिकाले कार्यालयमा आएर पैसा कमाउने काम मागेपछि वडा कार्यालयमा काम गरिरहेको वडा सदस्यहरु सहित आफुले पनि जेष्ठ नागरिक तपाईलाई वडाले श्रममुलक काम गर्न लगाउनु मिल्दैन, तपाई काम गर्नु सक्नु हुन्न, तपाईले सामाजिक सुरक्षा भत्ता पनि पाईराख्नु भएको छ भन्दा अझै अशोभनिय सब्दमा प्रस्तुत भएपछि आफुले पनि अशोभनिय शब्द प्रस्तुत गरेको बताए ।

बिष्टले आफुबाट भएको अशोभनिय शब्दहरु प्रति गम्भिर आत्मालोचना गर्दै माफी मागेको बताएको छ । भक्तबहादुर राई सहित निजको स–परिवार प्रति सामाजिक रुपमा भेटेरै माफी माग्ने उनले बताए । उनले सामाजिक संञ्जालमा राखिएको भिडियोमा उल्लेखित शब्द कुनै जातियता खिल्लापमा नभई आवेगमा आएको शब्द रहेको पनि सुझाएको छ । उनले यो शब्द प्रति पनि सबै सँग सामाजिक रुपमै माफी माग्न चाएको बिज्ञाप्तीमा उल्लेख छ । यो घटना जेठ १२ गते बुधबार भएको बिज्ञाप्तीमा उल्लेख गरिएको छ ।

भिडियो क्रियटिभ टिभि बाट