
पूर्णपुष्टि, कार्तिक २३
सामूहिक बलात्कार गरेर फरार रहेको तीन जना युवकलाई २० दिनपछि प्रहरीले नियन्त्रमा लिन सफल भएको छ । म्याग्दीको बेनी–५ पुलाचौरमा कार्तिक २ गते एक महिलालाई बलात्कार गरेर फरार भएका सोही स्थानका प्रकाश रामदाम, प्रवेश रामदाम र हिट्मेन बानिँयालाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले सोमबार सार्वजनीक गरेको छ ।
प्रहरीका अनुसार २२ वर्षीय प्रकाशलाई रुपन्देहीबाट आइतबार, १८ वर्षीय प्रवेश र २४ वर्षीय हिट्मेनलाई सोमबार पोखराबाट पक्राउ गरेको हो ।
मुलुकी अपराध संहिता २०४७ को परिच्छिेद १८ को दफा २१९ बमोजिम १८ वर्ष वा सो भन्दा बढी उमेरकी महिलालाई बलात्कार गरेको कसुर पुष्ठि भएमा सात देखि दश वर्षसम्म कैद सजाँय हुने कानुनी व्यवस्था छ। साथै उपदफा ७ बमोजिम सामूहिक करण गरेमा थप पाँच बर्ष कैद सजाय हुने कानुन छ।
