Wednesday, June 10News That Matters

सासुलाई खुकुरी प्रहार गरी घाईते बनाउने रम्तेलले गरे आत्महत्या

पूर्णपुष्टि, भदौ १०
आफ्नै घाटीमा खुकुरी प्रहार गरी एक पुरुषले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा भोजपुर सानोदुम्बा–५ घर भई धरान–१३ बस्दै आएका ४१ बर्षीय राम बहादुर रम्तेल रहेका छन् ।बिहिवार बेलुका रम्तेलले ७१ बर्षीय सासु नरमाया भुजेललाई अचानक टाउकोमा खुकुरी प्रहार गरी घाईते बनाएको र आफैले घाँटीमा खुकुरी प्रहार गरी आत्महत्या गरेको थियो । घटनाको खबर प्राप्त भएपछी ईलाका प्रहरी कार्यालय धरानबाट प्रहरी टोली खटि गई घाईते भुजेललाई उपचारको लागी बि.पि.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा पठाएको प्रहरीले जनाएको छ । घटना र मृतकको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।