
पूर्णपुष्टि, भदौ १०
मोरङको कपडा फ्याक्ट्रीमा एक कामदारको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको बिराटनगर महानगरपालिका–१ का ५५ बर्षीय लालबिहारी कामत रहेका छन् ।
बिहिवार बिहान बिराटनगर महानगरपालिका–११ मा रहेको कपडा फ्याक्ट्रीमा मेशिन चलाउने क्रममा अचानक करेन्ट लागेर घाईते भएका थिए । कामतलाई उपचारको लागी कोशी अस्पताल बिराटनगर लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
