
पूर्णपुष्टि, साउन ३०
सिन्धुपाल्चोकको लिदीमा गएको पहिरोमा पनि बेपत्ता भएकामध्ये सात जनाको शव भेटाईएको छ । जुगल गाउँपालिका–२ को लिदीमा शुक्रबार बिहान खसेको पहिरोमा परि बेपत्ता भएका मध्ये सात जनाको शव फेला परेको हो ।
पहिरोमा पुरिएर सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । पहिरोमा परेकामध्ये ३१ जना अझै हराइरहेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
पहिरोमा परि घाइते भएका पाँच जनाको उद्धार गरिएको छ । घाइतेलाई हेलिकप्टरमार्फत चौतारा र काठमाण्डौ पठाइएको प्रहरीले जनाएको छ । पहिरोले ३७ घरमा क्षति पुगेको छ ।
