
मिलन परियार
पूर्णपुष्टि/बैशाख, २९
बेलाबेलामा विबादमा आउने गरेको नेपाल भारत सिमा बारे एतिबेला फेरी बिबादीत भएको छ । नेपाली नागरिकहरुले यस बारे आपत्ति जनाएको छ साथै बिभिन्न निकायहरुले पनि यसको बिरोध गर्दै आएको छ । बेलाबेला नेपाली भुमि भारतले मिच्ने प्रवृतिलाई लिएर नेपाल युवा परिषदले सरकारलाई ध्यानाकर्षण गराएको छ ।
बिश्व ब्यापी माहामरीको रुपमा फैलिएको नोबोल कोरोना भाईरसले विश्व नै आक्रान्त पारिहेको अवस्था छ । अहिले नेपाल भारत सहित विश्वको बिभिन्न देशहरु नै लक डाउनको समस्यामा छ । यस्तो समस्यामा पनि भारतले भने नेपालको सिमा क्षेत्रमा नेपालको भुमी हुँदै चीनको मानसरोवर जाने बाटो उद्घाटन गरेको खबरहरुले चर्चा पाइरहेको छ ।
आम नेपाली जनता लगाएत बिभिन्न निकायहरु यसको विरोधमा उत्रेको छ । नेपाल युवा परिषदले आफ्नो देसको सिमा क्षेत्र बचाउनका निम्ति सिमा क्षेत्रको बिषयमा यथासिघ्र कुटनैतिक पहल गर्न प्रधानमन्त्री लाई ध्यानाकर्षण गराएको छ ।
नेपाली भुभाग समेत आफनै मुलुकको सिमामा समेटेर भारतले आफ्नो देशको सिमा भित्र पार्दै गत ४ नोभेम्बर २०१९ नक्सा प्रकासन गरेको थियो । नेपालको पस्चिमी भुभाग र भारत बिच सन १८१६ सिमा सुघौली सन्धी बाट निर्धारित छ । उक्त सन्धीको धारा ५ मा त्यस बेला विभिन्न मुलुकहरुले जारी गरेका नक्सा बृटिस इन्डिया सरकारका विभिन्न तथ्य हरुले समेत लिम्पियाधुरा निस्कने काली महाकाली नदि दुई देस बिच को सिमा नदि भएको बताएको छ ।
तर अहिले भारत सरकारले नेपालको भुमी मिच्दै कालापानी , लिपुलेक , लिम्पियाधुरा क्षेत्र कब्जामा लिइरहेको छ । यस्तो अवस्थामा पनि सरकार भने मौन रहेको भन्दै नेपाल युवा परिषदले नेपालको सम्पुर्ण भुभाग सहित आधिकारिक नक्सा सार्बजनिक गर्नु पर्ने ध्यानाकर्षण गराएको नेपाल युवा परिषदका संस्थापक अध्यक्ष सरोज बानियाँले जानकारी दिनु भयो ।
