
पूर्णपुष्टि, साउन ९ गते ।
सुनसरीको बराहक्षेत्र नगरपालिका–९ कोशी टप्पु बन्य जन्तु आरक्षणमा सिसौको रुखले किची स्कुटी चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान उपमहानगरपालिका–११ का २८ वर्षीय धिरज तामाङ रहेका छन् । हिजो दिनको साढे ३ बजे कोशी टप्पु बन्य जन्तु आरक्षण स्थित घुम्ने क्रममा प्र. १. ०२– ०४४ प ६६८१ न. को स्कुटी चालक रहेका तामाङको सुकेको सिसौको रुख अचानक ढलि किचेर घटनास्थालमानै मृत्यु भएको थियो । त्यस्तै, पछाडी सवार धरानकै २८ वर्षीय संगेन्द्र बिष्ट घाईते भएका थिए । घाईतेको बिराट नर्सिङ होम बिराटनगरमा उपचार भईरहेको छ । घटनास्थलमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको छ ।
