
पूर्णपुष्टि, साउन ९ गते ।
सोमवार दिउँसो बैंकबाट रकम झिकेर फर्किदै गरेकी एक महिलाको दुई लाख रुपैयाँ जनकपुधाममा लुटिएको छ । जनकपुरधाम–१ निवासी शर्मिला यादव मिल्स एरियास्थित एभरेष्ट बैंकबाट दुई लाख रुपैयाँ झिकेर घरतर्फ जाँदै गर्दा मोटरसाइकलमा आएका दुई जनाले रकम लिएर भागेका छन् ।
साउदीमा रहेका श्रीमान् देवशरणले पठाएको रकम बैंकबाट झिकेर घरतर्फ जान लाग्दा मोनास्टिक स्कुल नजिकै एउटा मोटरसाइकलमा आएका दुई जनाले रकम भएको भोला नै हातबाट लिएर भागेको शर्मिलाले बताएकी छन् ।
शर्मिलाका अनुसार झोलामा रु. दुई लाख, नागरिकता, बैंक सम्बन्धी कागजात र थप पाँच सय रुपैयाँ थियो ।
धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी प्रदीपबहादुर क्षेत्रीले रकम लुटेराहरुको खोजी भइरहेको बताए ।
