Tuesday, June 30News That Matters

गजेन्द्रनारायण सिंह अस्पतालका चिकित्सकको मनमौजी : सञ्चारकर्मीमाथि दुव्र्यवहार

पूर्णपुष्टि, साउन ९ गते ।
सप्तरीको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा कार्यरत चिकित्सकहरुले ओपिडीमा चेकजाँच गराएका बिरामीलाई बिहान १० बजेदेखि कुर्न लगाएका छन् । अस्पतालमा उपचार गराउन आएका बिरामीलाई २ बजे ल्याब रिपोर्ट आउने भन्दै अस्पतालका कर्मचारीहरुले घण्टौ कुर्न लगाएका हुन् ।
२ बजेपछि अस्पतालका कर्मचारीलाई चिकित्सक बारे सोध्दा खाना खान गएको र साढे २ आउने भनि बिरामीलाई आस्वासन दिलाईयो । ठिक सोही समयमा अस्पतालका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट दिलिप कुमार साहको छिन्नमस्ता अस्पताल अगाडिमा रहेको निजि क्लिनिकमा जाँदा बिरामीको चाप नै थेग्न नकिने भिड थियो । डाक्टर साह क्लिनिकमा बिरामीको चेकजाँच गरिरहेको देखियो । अस्पतालले गरेको यस्तो कार्य प्रति आपत्ती जनाउदैं सो घटनालाई बाहिर ल्याउने खोज्ने एक सञ्चारकर्मीमाथि हातपात भएको हो ।
अस्पतालमा कार्यरत चिकित्सकले यसरीनै बिरामीलाई निजि क्लिनिकमा आउन बाँध्य बनाएर लुटने गरेको छ । अस्पतालमा कार्यरत अधिकांश चिकित्सकको निजि क्लिनिक रहेको छ । सरकारी अस्पतालमा बिरामीलाई घण्टौ कुर्न लगाएपछि बिरामी निजि क्लिनिकमा उपचार गर्न बाध्य हुन्छ । यस विषमा सम्बन्धित निकाय भने मौन रहेको सेवाग्राहीहरुको गुनासो रहेको छ ।