Wednesday, July 1News That Matters

सीईओ गुरुङ अब विदेशी बैंकको सीईओ

बैशाख ३ 

सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङले करार अवधि झण्डै तीन महिना बाँकी छँदा राजीनामा दिनुभएको छ ।

चैत मसान्त भित्रै राजीनामा स्वीकृत गर्ने भने पनि बैंक सञ्चालक समितिले राजीनामा स्वीकृत गरेको छैन । सीईओको पद छाडेर पीएचडी गर्न लागेका गुरुङलाई त्यहीबीचमा विदेशको एउटा बैंकले सीईओ भएर काम गर्न बोलाएको थियो ।

विदेशका बैंकमा विभिन्न माथिल्ला ओहदामा काम गर्ने नेपाली धेरै भए पनि देशबाटै विदेशी बैंकमा सीईओ भएर जाने उहाँ पहिलो नेपाली बैंकर हुनुहुन्छ ।  गुरुङ २५ वर्षदेखि बैंकिङ क्षेत्रमा हुनुहुन्छ । उहाँ २०७४ वैशाखदेखि सिभिल बैंकको सीईओको रुपमा कार्यरत हुनुहुन्थ्यो ।

यसअघि उहाँले हिमालय बैंक, ग्लोबल आईएमई बैंक र मेगा बैंकमा पनि काम गरिसक्नुभएको छ ।