Tuesday, November 18News That Matters

सीटिईभीटीका उत्तर पुस्तिका जलेर नष्ट भएपछि पुन:परीक्षा मंसिर ४ मा हुने

पूर्णपुष्टि, असोज २४ । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनमा भएको आगजनीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का विद्यार्थीको उत्तरपुस्तिका जलेर नष्ट भएपछि पुन:परीक्षा गरिने भएको छ ।

प्रहरी कार्यालयमा सुरक्षका लागि राखिएको उत्तरपुस्तिका जलेर नष्ट भएपछि पुन:४ मंसिरदेखी परिक्षा हुने सीटीईभीटीका प्रवक्ता टैलेन्द्र आचार्यले जानकारी दिए । सीटीईभीटीको डिप्लोमा, प्रमाणपत्र र प्रि–डिप्लोमा तहका १४ हजार ७०० वटा उत्तरपुस्तिका जलेको उनले बताए ।