
गाईघाट÷पूर्णपुष्टि, असोज २३ । उदयपुरको त्रियुगा नगरपालिका–४ बगाहामा तेश्रो स्व. युवराज (कैलास) राई स्मृती फुटबल प्रतियोगिता यहि असोज २५ गतेदेखी हुने भएको छ ।
बगाहा युवा समुहको आयोजना र जिल्ला फुटबल संघ उदयपुरको समन्वयमा बगाहाको खेल मैदानमा हुन लागेको प्रतियोगिताको उद्घाटन खेल आर.वाई.सी. सिराहा र इलाभेन स्टार बोक्सेबिच हुनेछ ।
यस प्रतियोगिताको विजेता टोलीले नगद रु. ५१ हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद रु. ३१ हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । यस प्रतियोगितामा ८ वटा टिमको सहभागीता रहेको छ । यहि असोज २५ गतेदेखी सुरु हुने प्रतियोगिताको फाईनल खेल कार्तिक १ गते हुनेछ । यस प्रतियोगितामा हरेक दिन म्यान अफ द म्याच र विद्यागत पुरस्कार समेत वितरण गरिने आयोजकले जनाएको छ ।
स्व. कैलाश राई बगाहा युवा समुहका संस्थापक अध्यक्ष समेत हुन् । उनी युवा फुटबल खेलाडीहरुमाझ लोकप्रिय थिए । फुटवलमा रुची राख्ने राईको कामको शिलशिलामा करेन्ट लागी मृत्यु भएको थियो । कार्यक्षेत्रमा करेन्ट लागेर मृत्यु भएपछि उनको सम्झनामा यो प्रतियोगिता आयोजना गरिँदै आएको छ ।
