Monday, April 20News That Matters

उदयपुरमा विभिन्न कारागारबाट फरार भएका ९ कैदी पक्राउ

पूर्णपुष्टि, असोज २३ । उदयपुरमा विभिन्न जिल्ला कारागारबाट फरार भएका ९ जना कैदीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी राजन चापागाईका अनुसार जेन्जी पुस्ताद्धारा भएको आन्दोलन पश्चात फरार भएका कैदीहरुलाई भदौ र असोज महिनाको विभिन्न मितिमा पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा झुम्का कारागारबाट फरार भएका प्रविण सुन्दार÷धन बहादुर राई÷नरेश वि.क.÷योगेन्द्र राई, केन्द्रिय कारागार सुन्धाराबाट फरार ज्ञान बहादुर सार्की÷सन्त बहादुर राई, नक्खु कारागार ललितपुरबाट फरार दिले भन्ने दिलिप कार्कीसन्जिव अछामी भन्ने सन्जिव दर्जी, र जिल्ला कारागार बैतडीबाट फरार प्रेम बहादर तामाङ रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनिहरु लागूऔषध, जबर्जस्ति करणी, कर्तव्य ज्यान, सवारी अंग भंग र डाका चोरी उधोग मुद्दामा कैद भुक्तान गरिरहेका थिए ।