Wednesday, April 22News That Matters

आफुलाई पक्राउ गरेर देखाउन महेश बस्नेतको चुनौती

पूर्णपुष्टि, उदयपुर, असोज २३ काठमाण्डौँ ।
एमाले नेता महेश वस्नेतले जेनजी आन्दोलनलाई लक्षित गर्दे आफुलाई पक्राउ गरी देखाउनु चुनौती दिएको छ । एमाले पोलिट ब्यूरो सदस्य समेत रहेको बस्नेतले जेनजी आन्दोलनका घटनाहरूको हिसाब राखेको भन्दै आफूहरुलाई पक्राउ गरेर देखाउन चुनौती दिएका हुन् ।

बस्नेतले गृहमन्त्रीलाई अपराधीलाई कारबाही गर्न आग्रह गर्दै डिजीटल जेनरेसन फोर्स बनाएर उजुरी दिने योजना बताएका छन् । उनले भ्रष्टाचार छानबिन वर्तमान मन्त्री रामेश्वर खनाल र कुलमान घिसिङबाट सुरु गर्न अनुरोध गरेका छन्।

उनले पञ्चायत र राजतन्त्रविरुद्ध लडेका एमालेहरू छाती फर्काएर नहिँड्ने उल्लेख गरे । ‘तिमीहरुको एक(एक हिसाब हुन्छ’ उनले भने । अपराधीलाई कारबाही गर्न उनले गृहमन्त्रीको ध्यानकर्षण गराए ।

एमाले भक्तपुर जिल्ला कमिटीले बिहीबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सक्ने भए कारबाही गर्न गृहमन्त्रीलाई चुनौती दिएका हुन् ।

उनले अब एमालेले डिजीटल जेनरेसन फोर्स बनाएर देशव्यापी रुपमा उजुरी दिने त्यसको आधारमा कारबाही गर्न अनुरोध गरे ।