
पूर्णपुष्टि, चैत १८
आज सुनको भाउ घटेको छ । सुन तोलाको चार सय रुपैयाँले घटेर तोलाको ८५ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो सुनको भाउ ५ सय रुपैयाँले घट्दै ८६ हजार रुपैयाँ कायम भएको थियो । त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा २० रुपैयाँले घटेर ११ सय ९५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।
