पूर्णपुष्टि, कार्तिक ४ गते ।
धन्तेरसको एक दिन अगाडी आज सुनको मूल्यमा भारी गिरावट भएको छ । साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य ६ सय रुपैयाँले घटेको हो । आज सुन प्रतितोला ६ सय रुपैयाँले घट्दै ९२ हजार ५ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहिवार सुन प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
यता, चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्य नै कायम हुँदै प्रतितोला १ हजार १ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
