
पूर्णपुष्टि,फागुन ९
आज सुनको मूल्यमा वृद्धी भएको छ । आज सुनको भाउ तोलामा ८ सयले बढेर ८९ हजार पुगेको नेपाल सुनचाँदी व्यावयासायी महासंघले जाएको छ । शुक्रबार सुन तोलामा ८८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैैगरी चाँदीको मुल्यमा पनि आज वृद्धी भएको छ । शुक्रबार तोलामा १ हजार ३ सय ५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज २५ रुपैयाँले बढेको महासंघले जनाएको छ । महासंघले आज चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ३० रुपैयाँ कायम गरेको छ ।
