
पूर्णपुष्टि, जेष्ठ २६
सुनसरीमा ट्याक्टरबाट लड्दा एकजना कामदारको ज्यान गएको छ । धरान–८ स्थित राजमार्गमा ट्याक्टरबाट लड्दा बराह–६ का ५०वर्षीय बाबुराम पौडेलको ज्यान गएको हो ।
आज बिहान साढे ११ बजे को १ त ६७ नम्बरको धरान उप–महानगरपालिकाको फोहोर बोक्ने ट्याक्टरबाट लड्दा सोहि ट्याक्टरमा काम गर्ने कामदार पौडेलको ज्यान गएकोे ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
ट्याक्टरबाट लडेर गम्भिर घाईते भएका पौडेलको घोपा धरानमा उपचारको क्रममा दिउँसो १२ बजे ज्यान गएको थियो । ट्याक्टर र ट्याक्टर चालक सुरज डोमलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
