सुनसरीमा सवारी दुर्घटना : एकको मृत्यु, एक घाईते

पूर्णपुष्टि, पुष २४

सुनसरीमा सवारी दुर्घटनाहुँदा एकको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । सुनसरी दुहबी नगरपालिका–१० बुद्ध चोक स्थितमा भएको सो दुर्घटनामा दुहबी नगरपालिका–११ तनमुना का २८ बर्षीय जित नारायण उरावको मृत्यु भएको छ ।

शुक्रबार बेलुका सँवा ४ बजे ईनरुवा–दुहबी सडक खण्डमा पुर्बबाट पश्चिम तर्फ जादै गरेको बा ५ ख ४८३९ नम्बरको ट्रक र बिपरित दिशाबाट आउदै गरेको को ७ प ३८५९ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाँदा दुहबी नगरपालिका–११ तनमुना का २८ बर्षीय जित नारायण उराव र रंगेली नगरपालिका–९ का ३० बर्षीय भिम प्रसाद उराव घाईते भएका थिए ।

घाईते दुबैलाई उपचारको लागी बिराट नर्सिंह होम विराटनगर पठाईएको थियो । उपचारको क्रममा बेलुका ५ बजे जित नारायण उरावको मृत्यु भएको प्रहरीले जनाएको छ । भिम प्रसाद उरावको सोही अस्पतालमा उपचार भईरहेको छ । ट्रक चालक उदयपुर कटारी नगरपालिका–५ का २४ बर्षीय सागर मगर ईलाका प्रहरी कार्यालय दुहबीको नियन्त्रणमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: