
पूर्णपुष्टि, फागुन २४ । सुनसरीको क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा श्रम संस्कृती पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) निर्वाचित भएका छन् । राईले ३५ हजार ७ सय ४१ मत ल्याउँदै जित हासिल गरेका हुन् ।
उनले निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका गोमा तामाङलाई ८ हजार ४९२ मतान्तरले पराजित गरेका छन् । तामाङले २७ हजार २४९ मत ल्याइन् । यसअघि खोटाङको क्षेत्र नं. १ बाट श्रम संस्कृति पार्टीको आरेन राईले जित हासिल गरेका थिए भने भोजपुर १ मा पनि प्रारम्भिक गणनामा यहीं पार्टीका ध्रुवराज राईले अग्रता लिएका छन् ।
