Saturday, May 2News That Matters

सुन प्रकरण : अघि बढेन तैलने प्रकिृया

पूर्णपुष्टि, साउन ७ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बाहिरबाट बरामद भएको सुन तौलीने प्रकिृया अघि बढेको छैन । हङकङबाट क्याथे प्यासेफिकको उडान मार्फत नेपाल भित्रिएको सुन बुधबार राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो ।

मोटरसाइकल र स्कुटरको ‘ब्रेक शु’मा लुकाएर ल्याएको ‘सुन’ को तौल करिब ८० देखी १०० किलो रहको राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुङ्गानाले दाबी गरेका छन् । विभागले बरामद गरेको ८ पोका सुन तौलिन राष्ट्र बैङ्कको टक्सार महाशाखामा पठाईसकेको छ । तर, विभागले पत्र नपठाउँदा राष्ट्र बैङ्कले सुन गाल्ने र यकिन परिमाण निकाल्ने काम रोकिएको छ ।

सुन गालेपछि मात्र सुनको परिणाम तौलिन मिल्ने र उक्त प्रकिृया अघि बढाउन राजश्व अनुसन्धान विभागले पत्राचार गर्नुपर्ने राष्ट्र बैङ्कको टक्सार महाशाखामा निर्देशक थानेश्वर आचार्यले बताए । विभागको पत्र आएपछि मात्रै प्रक्रिया अघि बढ्छ ‘निर्देशक आचार्यले भने’ पत्रबिना गाल्ने लगायतका काम अघि बढ्दैन ।

विमानस्थलबाट भन्सार पास भएर बाहिरिएको सुन बरामद भएको पाँचौँ दिनमा पनि राजस्व अनुसन्धान विभागले पत्र पठाएको छैन । पत्र नपाठाईएको विषयमा महानिर्देशक ढुङ्गानाले पत्र बिस्तारै जाने बताएका छन् । सुनको परिमाण कत्ति छ भन्ने आम चासो भए पनि ढुङ्गानाले अनुसन्धानको विषय भन्न नमिल्ने बताएर उनले भने, ‘अनुसन्धान हुँदै छ, पत्र लगायतका काम प्रक्रियामा छ ।’

यो प्रकरणमा भारतिय नागरिक सहित केही व्यक्ति पक्राउ परेका छन् । १० जना राजश्व अनुसन्धान विभागको कस्टडीमा छन् । उप–सचिवको नेतृत्वमा गठन भएको अनुसन्धान टोलीले उनिहरुमाथि अनुसन्धान गरिरहेको छ ।