Monday, June 15News That Matters

सुमो चोरेर भाग्दै गर्दा दुर्घटना

पूर्णपुष्टि, भदौ १६

विराटनगरमा चोरीको सुमो दुर्घटना भएको छ । चताराबाट आएर गाडी धुईपखाल गरी राखेको अवस्थामा चोरी गरी भाग्दै गर्दा स्कुल बस सित ठक्कर खाँदा दुर्घटना भएको संञ्चालक चन्द्र अधिकारीले बताए । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका इन्चार्ज राजकुमार कार्कीका अनुसार दुर्घटना हुँदा दुवै सवारीमा सामान्य क्षति भएको छ भने सुमो लिएर भाग्ने व्यक्ति पनि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चोरी गरी भाग्दै गरेका अशोक चौधरी रहेका छन् । पक्राउ पर्दा चालक हाफपाइन्ट मात्रै लगाएको अर्धनग्न अवस्था र नसामा रहेको प्रहरीले बताएको छ ।
े विराटनगर(३ भट्टा चोकबाट चोरले लिएर भाग्दै गरेको टाटा सुमो भ्यान विराटनगर(२ तीनपैनी चोकबाट एक सय मिटर दक्षिण बससँग ठोक्किएर दुर्घटना भएको इन्चार्ज कार्कीले जनाए । पक्राउ पर्दा चालक हाफपाइन्ट मात्रै लगाएको अर्धनग्न अवस्था र नसामा रहेको प्रहरीले बताएको छ । को १ च ९४६७ नम्बरको सुमो मेरिल्याण्ड कलेजको नयाँ बसमा ठोक्किएको मोरङ प्रहरीले जनाएको छ ।

टाटा सुमो विराटनगर(३ भट्ट चोकका अधिकारीले सञ्चालन गर्छन् । उनले दिउँसो घर अगाडि पार्किङ गरे लगतै चोरी भएको थियो । प्रहरी समक्ष गाडीमै चाबी देखेपछि लिएर हिडेको बताएका उनले आफ्नो नाम पनि फेरिरहेका छन् । प्रहरीका अनुसार चौधरी पटके चोर हुन् ।