Monday, June 15News That Matters

बालिका भारत बेच्न लग्ने ३ जना पक्राउ

पूर्णपुष्टि, भदौँ १६ गते ।
भारतको दिल्लीतर्फ बेच्न लगिदैँ गरिएको दुई बालिकालाई धनुषा प्रहरीले उद्धार गरेको छ । उनीहरुलाई भारतमा बेच्नका लागि लैजान लागेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ पनि गरेको छ ।
जनकपुरधामबाट जयनगरतर्फ जाँदै गरेको नेपाली रेलमा बालिकालाई चढाएर लग्दै गरेको अवस्थामा इनर्वा स्टेशनबाट ती बालिकाको उद्धार गरिएको र तीन जनालाई पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–७ कमलानगर बस्ने २६ वर्षीय रुपेशकुमार मिश्र, वडा नम्बर २३ का २३ वर्षीय दिलमहम्द साह र महोत्तरीको मटिहानी नगरपालिका–२ बस्ने २० वर्षीया रानी भनिने मुस्कान मण्डल छन् ।
ती बालिकालाई भारतको दिल्लीतर्फ बेच्न लगिरहेको सूचनाको आधारमा बालिकाको उद्धार गरी उनीहरुलाई पक्राउ गरिएको क्षेत्रीले बताए ।
पक्राउ परेकाबिरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा म्याद थप गरी अन्य अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।