
पूर्णपुष्टि, भदौ १६
युवा समाजसेवी तथा व्यवसायी कालिदास राई (किसन) ले आफ्नो छोराको जन्म दिनमा आज बौद्धिक अपाङ्गता बालबालिकालाई कपडा, खाद्यान्न सहयोग गर्नुभएको छ ।
छोरा रुमन राईको जन्मोत्सवमा त्रियुगा माध्यामिक विद्यालयमा रहेको बौद्धिक अपाङ्गता श्रोत कक्षाका बालबालिकाहरुलाई कपडा, खाद्यान्नका साथै शुद्ध पानी पिउनका लागि फिल्टरसमेत सहयोग गर्नुभयो । खाद्यान्नमा एक कार्टुन तेल, एक बोरा चामल, एक कार्टुन चाउचाउ, एक कार्टुन फ्रुटी, दुई क्रेट अण्डा लगायत रहेको थियो भने एउटा फिल्टर र भेष्ट उपलब्ध गराइएको हो ।
स्रोत कक्षाका संयोजक अमृत हमाल र धाइआमाहरुकाबीच बालबालिकाहरुसंग केकसमेत काटेर जन्मदिन मनाइएको थियो ।जन्मदिनको निहुँमा अनावश्यक बाहिरी खर्च गर्नुभन्दा मानवीय सहयोग होस् भन्ने हेतुले १२ वसन्त टेकेको छोरोको जन्मोसवमा बौद्धिक अपाङ्गता बालबालिकालाई सहयोग गरेको राई परिवारले जनाएको छ ।


