
पूर्णपुष्टि, भदौ १७
हिजो बाट गाईघाटमा पनि धमाधम नगरपालिकाले अबैध संरचना र फुटपाथ हटाउने कार्यलाई तिव्र वनाएको छ । बजार आसपास साँघुरो र अत्यादिक भिँडभाँडले अस्तव्यस्त बजारलाई नियन्त्रण गर्न यस कार्यलाई तिव्र बनाईएको ११ नं वडाअध्यक्ष सुमन्त कोईरालाले बताउनु्भयो । कोईरालाका अनुसार सफा र स्वच्छ शहर सँगै दुर्घटना न्युनिकरण गर्न यस कार्यले ठुलो भुमिका खेल्ने बताउनुभयो । हाल बजार आसपासका संरचनाहरु धमाधम भत्काईरहेको छ ।

पहिलै व्यापारिहरुलाई त्यस्ता वस्तुहरु आफै हटाउन लगाईएपनि सुनुवाई नभएपछि आफै भत्काउन थालिएको हो । केहि समय अगाडी बाट त्यस्ता सामान र संरचना हटाउन भनिएको थियो । तर पनि अटेरी गरेको अवस्थामा भने नगरले आफै हटाईरहेको छ । त्रियुगा नगरपालिका र त्रियुगा उद्योग बाणिज्य संघको संयुक्त प्रयासमा त्यस्ता वस्तु हटाउने कार्य भएको संघका अध्यक्ष रमेश रसाइैलीले जनाउनुभयो ।
