Wednesday, June 17News That Matters

वृद्धामाथी जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

पूर्णपुष्टि, भदौ १७

गुल्मीमा ६५ बर्षीया वृद्धामाथी जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका वडा नं.४ नयाँ पोखरा निवासी ३६ बर्षीय कृष्णबहादुर सार्की रहेका छन् ।घरमा एक्लै भएको मौका छोपी वृद्धामाथी जबरजस्ती करणी गरेको सूचनाको आधारमा सार्कीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) भीमबहादुर दाहालले बताए । पक्राउ परेका सार्कीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी आवश्यक थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।