
पूर्णपुष्टि, असार १९ ।
श्री पशुपति प्रसाद गण, बोक्सेले आज निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरी सदरमुकाम गाईघाटबाट टाढा रहि अत्यावश्यक सुविधाहरुबाट पिछडिएको समुदायमा निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेको छ ।
बेलका नगरपालिका–२ स्थित भागलपुरको बनडाँडामा शिविर संचालन गरिएको हो । शिविरमा स्थानियहरुलाई विभिन्न किसिमको निःशुल्क स्वास्थ्य सेवा दिइएको गणले जनाएको छ । बाक्लोे बसोबास रहेको सो ठाउँमा अधिकतम स्थानियहरु सहभागी भइ शिविरबाट लावान्भित भएका थिए ।
शिविर प्रभावकारी भएपछि स्थानीयले नेपाली सेनाले स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानको कदर गरेका छन् । स्थानीयले नेपाली सेनाप्रति सकारात्मक झुकाव र नागरिक–सैनिक सम्बन्ध प्रगाढ भएको महशुस गरेका छन् ।
रेडक्रस भवन परिसरमा सञ्चालित शिविर श्री पशुपति प्रसाद गणको समन्वय तथा सहकार्यमा श्री नं.१८ फि.ए.गुल्मका प्रा.सह सेनानी डा.शंकर दयाल शाह, नेपाल नेत्र ज्योति संघका उप सभापति कृष्ण कुमार भण्डारी, दिपेश हेल्थ केयर गाईघाटका डा. दिपेश यादव, नेपाल औषधी व्यवसायी संघ जिल्ला शाखा उदयपुर र बेलका न.पा.२ भागलपुर स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुको उपस्थितिमा शिविर कार्यक्रम संचालन गरिएको हो ।
स्वास्थ्य शिविरमा श्री नं.१८ वाहिनी अड्डाका वाहिनीपति सहायक रथी श्री गौरव गुरुङ्ग, श्री पशुपति प्रसाद गणका गणपति प्रमुख सेनानी शिव प्रसाद वाग्ले, कार्यक्रमका अतिथि वडा नं.२ का वडा अध्यक्ष प्रेम बहादुर दाहाल, अतिथि डा. दिपमाला चौधरी लगायतको उपस्थिति थियो ।
शिविरमा ४२२ जनाले चेकजाँच तथा उपचार गराएका थिए । आँखा सम्बन्धी १५३ जनामा समस्या देखिएकामा अप्रेशनको लागि–३८ जनालाई सिफारिस गरिएको छ । रेडियोलोजी –५० जना र सामान्य चिकित्सा सम्बन्धी–२१९ जना रहेका छन् ।
फाेटाे फिचर :
तस्विर साैजन्य : नेपाली सेना