Wednesday, June 17News That Matters

सेनाले टुडिखेलमा स्थापना दिवस मनायो

पूर्णपुष्टि, फागुन ६ गते । आज नेपाली सेनाले देशैभर विभिन्न कार्यक्रम गरी दुई सय ६० औँ स्थापना दिवस मनाएको छ । शनिबार महाशिवरात्रि तथा सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा बिषेश समारोह आयोजना गरिएको हो ।

यस समारोहको प्रमुख अतिथिमा राष्ट्रपति विद्यादेवी भण्डारी छन् । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुन्। भण्डारीले त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार अर्पण गर्ने छन् ।

२०४७ सालदेखि सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको थियो भने राष्ट्रिय झण्डासहित ‘महाशिवरात्री र सेना दिवस’ लेखिएको ब्यानर समेत प्रदर्शन गरेको हो ।

समारोहमा नेपाली सेनाले प्रयोग गर्दै आएका विभिन्न खालका सवारी साधन, उपकरण र हातहतियारको समेत प्रदर्शन गरिएको थियो । कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कामु प्रधानन्यायधीश हरिकृष्ण कार्की लगायत उपस्थित थिए ।