
पूर्णपुष्टि, असार ७
संखुवासभामा सेफ्टीट्याङकीमा खसेर दुईजनाको ज्यान गएको छ । खादबारी नगरपालिका–४ सेखा का नरेश गुरुंङको घरमा नया ट्वाईलेट बनाउने क्रममा ढलानको सेटिङ खोल्ने क्रममा अचानक उक्त सेफ्टीट्याङकीमा खसी दुईजना मजदुरको ज्यान गएको हो । मृत्यु हुनेमा खादबारी–५ का ३७ वर्षीय ताराबिर गुरुङ र सोही स्थान–४ का २४ वर्षीय ईश्वर बहादुर राई रहेका छन् ।
हिजो साढे ६ बजे सेफ्टीट्याङकीमा खसी बेहोस भएका उनिहरुको तत्काललै उद्धार गरि उपचारको लागी जिल्ला अस्पताल खादबारीमा लगेकोमा उपचारकै क्रममा पौने ८ बजे दुवै जनाको ज्यान गएको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको छ ।
