Friday, May 15News That Matters

सौन्दर्यशास्त्र र मन्धुम बिषयक काठमाण्डौँमा २ दिने कार्यशाला गोष्ठी सम्पन्न

पूर्णपुष्टि, असार २३
सौन्दर्यशास्त्र तथा मन्धुम बिषयक दुई दिने कार्यशाला गोष्ठी काठमाण्डौँमा बुधबार सम्पन्न भएको छ । किराँत चलचित्रकर्मी संघ केन्द्रीय कार्यालय ललितपुरको आयोजना तथा चलचित्र विकास बोर्ड आदिवासी जनजाति मातृभाषी प्रवद्र्धन समितिको सहयोगमा दुईदिने गोष्ठी सफलताका साथ सम्पन्न भएको हो ।

मन्धुम किराँत समुदायहरुको सभ्यतालाई एकीकृत गर्ने एक महत्वपूर्ण माध्यम हो । मुन्धुममा किराँतीहरुको संस्कार, संस्कृति, रितिरिवाज, भाषा, पितृ पुजा, सुम्नीमा पारुहाङ लगायतका सभ्यताहरु जोडिएका हुन्छन् । यी सभ्यताहरुको संरक्षण र प्रवद्र्धनमा जोड दिन २ दिने कार्याशला गोष्ठीको आयोजना गरिएको संघका केन्द्रीय अध्यक्ष केशव राईले बताउनुभयो । किराँतीहरुमा शरिरको बनावटलाई कसरी सौन्दर्यतामा जोड्ने र यीनिहरुको शारिरीक सौन्दर्यताको क्षमतालाई कसरी अभिबृद्धि गर्दै सभ्यता सँग जोड्ने भन्ने बिषयमा दुई दिन बृहत छलफल भएको अध्यक्ष राईले जनाउनुभयो ।

कुनै पनि व्यक्तिहरु बिभिन्न तरिकाले सौन्दर्यता हुन्छ । बनावटको सौन्दर्यता सँगै क्षमताको सौन्दर्यतालाई प्राथामिकता दिएर अघि बढ्ने र समुदायलाई माथि उठाउने बारे गोष्ठीमा छलफल भएको छ । किराँती समुदायमा भाषा, संस्कार संस्कृति, पहिरन, सभ्यताहरु विस्तारै गुम्दै गएको र समुदायको पहिचान नै हराउँदै ग्एको महसुस गर्दै यसलाई बचाउन गोष्ठी तथा अन्तरक्रियाहरुको आवश्यक पर्ने करा राईले ब्यक्त गरे । किराँती समुदायमा प्रत्येक राईहरुको आफ्नै महत्वपूर्ण भाषाहरु छन् ।

किराँती सभ्यता भित्र पर्ने महत्पस्र्ण संस्कृतिको रुपमा परिचित साकेला नाच निकै महत्वपूर्ण छ । यस बाहेक अन्य किराँती सभ्यताहरु लोप हँुँदै गएको अवस्था छ । पछिल्लो पुस्ताहरुले भाषा बिर्सदै गएको छ । संस्कार संस्कृतिहरु पनि बिर्सन थालिसकेको अवस्था छ । यी सबै मेटिँदै जाने हो भने यो समुदाय पहिचान हिन भएर बाँच्नु पर्ने अवस्था अवस्थाबारे कार्यक्रममा प्रशिक्षक दिईएको छ । गोष्ठिमा मन्धुम सम्बन्धि पिएचडी गरेका डा.तारामणी राई, चर्चित चलचित्रर्की तथा निर्देशक नविन सुब्बा र युवाराज राईले प्रशिक्षण दिएका थिए ।