
पूर्णपुष्टि, असार २३ गते ।
उदयपुरमा मंगलबार बेलुका साँझ ५ बजेतिर परेको चट्याङले एक युवको उपचारको क्रममा ज्यान गएको छ । जिल्लाको चौदण्डीगढी नगरपालिका–५ शिवाइका २६ वर्षीय रोशन चौधरीको ज्यान गएको हो ।
चट्याङ लागि घाइते भएका चौधरीको उपचारको क्रममा सप्तरीको कंचनपुरस्थित धर्मेश्वर अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।
खेतबारीमा काम गरिरहेको अवस्थामा पानीसँगै परेको चट्याङ लागेर घाइते भएको थियो । चौधरीको शव नगर अस्पताल बेल्टारमा पोष्टमार्टम गरि परिवारले बुझाउने प्रहरीले जनाएको छ ।
