
पूर्णपुष्टि, असार २३ गते ।
विराटनगर बसपार्कको प्रतीक्षालयमा एकजना पुरुषको शव फेला परेको छ । विराटनगर महानगरपालिका–११ स्थित बसपार्कमा आज बिहान पुरुषको शव फेला परेको हो ।
बसपार्कको प्रतीक्षालयमा राखिएको बेन्चमा मृत फेला परेको पुरुषको उमेर करीब ५०/५५ वर्ष रहेको प्रहरीले जनाएको छ । उनी बुधवार बेलुका साढे ८ बजेतिर बसपार्कको प्रतीक्षालयमा बसिरहेका थिए ।
शव रहेको स्थानदेखि केही पर विषको बट्टा पनि रहेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले शव भेटिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको यद्धपी शवको पहिचान भने खुल्न नसकेको उनले बताए ।
मृतकको पहिचान खुलाउने प्रयास भइरहेको उनले जानकारी दिए ।
