
पूर्णपुष्टि, माघ २० ।
उदयपुरकाे त्रियुगा नगरपालिका ११, गाईघाटमा एक स्कारपियाे गाडि र एक माेटरसाईकलमा गएराती आगजनी भएकाे छ ।
गाईघाट निवासी कालिदास राई (किसन राई)काे निजि गाडि र माेटरसाईकलमा आगजनि भएकाे हाे । प्रदेश १, ०२-००२ च ४३८५ नम्बरकाे स्कारपियाे र स ३ प २२८३ नम्बरकाे माेटरसाईकलमा आगजनि भएकाे हाे । आगजनिबाट गाडि र माेटरसाईकल पूर्णरुपमा क्षति भएकाे छ ।
घरकाे ग्यारेजमै पार्किङ गरि राखिएकाे अबस्थामा आगजनि भएकाे हाे । आगजनिकाे कारण थाहा हुन सकेकाे छैन । विद्युतसर्ट भई आगजनि भएकाे हुनसक्ने आशंका गरिएकाे छ । राईका अनुसार राती करिव १:०० बजेकाे समयमा आगजनि भएकाे हाे ।
आगजनि भएकाे करिव एक घण्टाकाे प्रयासमा प्रहरी, स्थानीय र नगरपालिकाकाे दमकलले आगाे नियन्त्रण गरेकाे थियाे ।
घटनाकाे छानविन भईरहेकाे जिल्ला प्रहरी प्रमुख एसपी सुवासचन्द्र बाेहराले बताउनुभयाे ।
