स्कुल बस दुर्घटनामा घाईते बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवा

पूर्णपुष्टि, मंसिर १० । बस दुर्घटनाबाट घाईते भएका विरामीको उपचार सेवालाई प्रभावकारी बनाउन नेपाल नेत्र ज्योति संघ उदयपुर र मदन भण्डारी आँखा अस्पतालले निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ ।

शनिबार पिकनिक खायर फर्कदै गरेको स्कुल बस दुर्घटनामा घाईते भएका ३७ जनाको आर्थिक अवश्थालाई मध्यनजर गरी संघ र अस्पतालले निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने प्रतिवद्धता जनाएका हुन् । संघ तथा अस्पतालका अध्यक्ष भागवत राउतले सामाजिक आर्थिक अभावले एम्बुलेन्स लैजान नसकेर उपचार सेवा प्रभावित नहोस भन्ने हेतुले मानविय सहयोग स्वरुप निःशुल्क सेवा प्रवाह गरिएको बताए । उनले बिपत्तिमा परेका नगरबासीको उपचारमा तदारुकता देखाउनसमेत स्थानीय सरकारलाई आग्रह गरेका छन् ।

उनले भने, ‘एकै घरका दुई सन्तान अनी आफन्त गुमाउनुको पीडालाई मानविय मलमपट्टी लगाउन आफ्नो हैसियत अनुसार सकेको सहयोग गर्नसमेत सबैलाई आग्रह गर्दछु । ‘अध्यक्ष राउतले थपे, ‘आर्थिक अभावकैकारण विरामीलाई सुविधायुक्त अस्पताल लैजान ढिला हुँदा ज्यान जान सक्छ, तसर्थ विपत्तीमा कसैले आर्थिक समस्या झेल्नु नपरोस भन्नका खातिर यस्तो निर्णय लिएका हौ ।’ संघले आर्थिक अवश्था कमजोर भएका विरामीलाई अस्पतालबाट घर फर्काउनसमेत सहयोग गर्ने बताए । साथै उनले सामाजिक संजालमा लेखेका छन्, ‘सकेसम्म बनभोज वा अन्य कुनै स्थानमा धेरैको संख्यामा जाँदा चुस्तदुरुस्त कन्डिसनमा भयको सवारी साधनमा यात्रा गरौ ।’

त्यसअघि उनले भनेका छन्, ‘शनिबारको दिन संम्भाव्य बनभोज स्थलमा ट्राफिक चेक जाँच बढाउन सक्दा तथा क्षमताभन्दा ज्यादा यात्रु ओसारपसार र अन्य कुरामा नियन्त्रण हँुदा दुर्घटनामा कमि आउने छ ।‘

शनिबार उदयपुरगढी गाउँपालिका ७ अँधेरी झर्ना नजिक पिकनिक खायर फर्कदै गरेको अन्नपूर्ण सेकेन्डरी बोडिङ स्कुलको प्र–०५–००१–ख–००४४ नम्बरको बस अधेरी झर्ना नजिक दुर्घटनाहुँदा एकै परिवारका दुई सहित तीन जनाको ज्यान गयको हो ।
दुर्घटनामा त्रियुगा नगरपालिका ६ का ११ बर्षिय बिकाश चौधरी उनका वहिनी ७ बर्षिया सम्या चौधरी र त्रियुगा ५ का चालक ४० बर्षिय भिखन चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयक डिएसपि हरिनन्दन चौधरीले जानकारी दिए ।

दुर्घटनामा अन्य ३६ जना घाइते भएका छन् उनीहरु मध्ये ११ जनाको अवश्था गम्भिर रहेकाले मदन भण्डारी आँखा अस्पताल लगायको एम्बुलेन्सबाट थप उपचारका लागि बिराटनगर पठाइएको छ । बाँकीको जिल्ला अस्पतालमा उपचार भैरहेको डिएसपी चौधरीले जानकारी दिए ।

उक्त बस स्कुलको भएपनि चालक भिखनले गाउँको पिकनिकका लागि भाँडामा लगेको खुलेको छ । घटना लगत्तै डिएसपि चौधरीको नेतृत्वमा गएको टोली र स्थानीयको सहयोगमा उद्दार गरिएको छ । तिव्र गतिमा रहेको बस ओरालामा व्रेकले काम नगर्दा दुर्घटना भएको हुन सक्ने डिएसपी चौधरीले बताए । गाडीमा अधिकाँस बालबालिका रहेको बुझिएको छ । घटनाको थप अनुसन्धान भैरहेको डिएसपी चौधरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0