Thursday, June 11News That Matters

स्थानीय चुनावको लागि मतपत्रलगएतका सामग्री जिल्ला हुँदै मतदान केन्द्रमा पर्याईदै

पूर्णपुष्टि, वैशाख २६ गते ।
आसन्न स्थानीय तहको निर्वाचनका लागि देशभर मतपत्र ताथ आवश्य सामग्री मतदान केन्द्रसम्म पुर्याउने काम भईरहेको छ । चनावको लागि आवश्यक पर्ने सबै सामग्री जिल्ला पुगिसेको र जिल्लाबाट मतदान केन्द्रसम्म पुर्याउने काम तीव्र रुपमा भईरहेको निर्वाचन आयोगले जनाएको छ ।
मतपत्रसहितका ५८ प्रकारका सामग्री केन्द्रसम्म पुर्याउने काम भइरहेको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो ।
चुनावको लागि आयोगले १ करोड ९४ लाख थान मतपत्र छपाएको छ । निर्वाचनमा आयोग, जिल्ला निर्वाचन कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, मतदान स्थल र मतदान केन्द्रमा गरी २ लाखभन्दा बढी कर्मचारी चुनावमा खटाइएको छ ।
देशका ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २ सय ७६ नगरपालिका र ४ सय ६० गाउँपालिका गरी कुल ७ सय ५३ पालिकामा ३५ हजार २ सय २१ पदका लागि आउँदो शुक्रवार मतदान हुँदैछ ।