Saturday, April 26News That Matters

स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकनकाे तेस्राे स्थानमा लिम्चुङबुङ सफल

पूर्णपुष्टि, चैत्र ६ ।

सुशासनलाई सुदृढ गर्दै लिम्चुङबुङ गाउँपालिकाले स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकन (लिजा) मा फड्को मारेको छ । पालिका जिल्लाको आठ स्थानीय तह मध्ये तेस्रो स्थानमा आएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मञ्त्रालयले फागुन अन्तिममा सार्बजनिक गरेको अन्तिम नतिजा अनुसार ८९.५ प्रतिशत अंकसहित तेस्रो भएको लिम्चुङबुङ विगत वर्षहरु भन्दा फड्को मारेको हो ।
प्रमुख प्रशासकीय अधिकृत ताराकिरण राईका अनुसार यो परिणामले पालिका टिम उत्साहित बनेको छ भने पालिकाबासीको सुशासनमा थप पहुँच बृद्धि भएको छ । विगतको अवस्थालाई छिचोल्न निकै मेहनत गरेको उहाँले बताउनुभयो । पालिकाले समयमै योजना सम्झौता, कार्यान्वयन र भुक्तानी तथा बेरुजु फस्यौट, समन्वय, सहकार्य, प्रभावकारी सेवा प्रवाहलाई प्रभावकारी बनाउन राम्रो परिणाम आएको हो । जिलालाई संघीय सरकारलेृ दिने वित्तीय समानीकरण शिक्षकको बजेट निर्धारणमा प्रमुख सुचक मानिन्छ । बढि प्रतिशत ल्याउदा पालिका घाटा हुनबाट जोगिन्छ ।
संघीय सरकारले शासकीय प्रवन्ध, संगठन तथा प्रशासन, बार्षिक बजेट तथा योजना ब्यवस्थापन, वित्तीय एवम् आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्याकि कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद ब्यवस्थापन र सहकार्य तथा समन्वय गरी १० सुचक तोकेको हुन्छ ।
सय पूर्णाङ्कको दश सुचकमध्ये प्त्येकलाई १० प्रतिशत मानेर स्थानीय तहहरु स्वयम्ले स्वमुल्यांकन गर्ने गरी जिल्ला समन्वय समितिमा पेश गर्ने र समन्वयले प्रदेशमा र प्रदेशले संघीय सरकारलाई पेश गर्ने गरिन्छ । संघीय सरकारले अन्तिम नतिजा सार्बजनिक गर्ने गरेको छ ।
लिजामा रौतामाई गाउँपालिका पहिलो र कटारी नगरपालिका दोस्रो भएको हो ।