Saturday, April 26News That Matters

स्थानीय आवाज लाई राष्ट्रिय स्तरमा गुन्जाउँछौ : बिनायो म्युजीक एकेडेमी

पूर्णपुष्टि, २० फागुन ।
तिन महिना अघि बेल्टार बजारमा संञ्चालनमा आएको बिनायो म्युजिक एकेडमीले स्थानीय प्रतिभालाई तिखार्दै राष्ट्रिय अवाज भर्ने उदेश्य राखेको छ । मंसिर ५ गते औपचारिक रुपमा संञ्चालनमा आएको यस बिनायो म्युजिक एकेडेमीले संङगित कक्षाका लागि आवश्यक सामाग्रीहरु सहित म्युजिक प्रशिक्षण गराईरहेको छ ।

संङगित प्रेमी वसाहा निवासी देविन वावु राईले संञ्चालनमा ल्याएको बिनायो म्युजिकमा स्थानीय स्वरहरुले सहभागी जनाईरहेको छ । केहि स्थानीय स्वरहरु राष्ट्रिय स्तरसम्म पनि पुगिसकेको छ । गायिका इन्द्रकला राई अहिले राष्ट्रिय कलकारको छवी बनाएकी सफल गायिका हुन् । उनि हाल द भ्वाईस अफ नेपाल सिजन ५ की प्रतिस्पर्धि पनि हुन । यीनै गायिका इन्द्रकला राईले पनि देविन राई सँग धेरै संङगित अनुभवहरु बटुलेकी छिन् । शव्द लेखन तथा कम्पोजर समेत रहेका देविन बावुले आफु सानैबाट संङगित प्रेमी भएको नाताले संगितमा इच्छाएका स्थानीय स्वरहरुलार्ई घरमै सहजीकरण गरेको जनाए ।

इन्द्रकला राईलाई थप उचाईमा पुराउन राईले कभर गित र संङगितको बिभिन्न विद्याहरुमा ज्ञान र प्रशिक्षण गराएका थिए । अहिले इन्द्रकला राष्ट्रिय आवाजकी पात्र बन्दा आफुमा खुसीको सिमा नरहेको देविन राई बताउँछन् । यता उदयपुर आईडल बिजेता सन्जीना राई पनि ४ बर्ष देखी देविन सँगै छिन् । उनी प्रथम उदयपुर आईडलकी बिजेता पनि हुन । सन्जीना पहिले सामान्य गुनगुनाउने गर्दथे । पछि देविनले संङगित क्षेत्रमा थप प्रयास गराए । इन्द्रकला र सन्जीना सँगै अन्य थुप्रै स्थानीय कलकारहरु अहिले देविन वावुको साथमा छ । उनले ति सबै सहभागी स्वरहरुलाई भोली गएर राष्ट्रिय स्वरमा परिनत गर्ने जनाए । संङगितमै भविष्य देख्ने व्यत्तिहरुलाई बिनायो म्युजिक एकेडेमी एउटा सफल माध्यम बन्ने पनि देविनको विश्वास छ । भोगलका लागि आवश्यक गिटार, ड्रम सेट, पियानो, हार्मोनियम, बाँसुरी, मादल, तवला जस्ता थुप्रै सामाग्रीहरु जोडेका छन् । हाल भोकल प्रशिक्षको रुपमा इटहरीका दुर्गा पराजुली छन् । भोकललाई म्युजिकमा साथ दिन गिटार, ड्रम र पियानोमा प्रनिस राई रहेका छन् भने सम्पूर्ण व्यवस्थापनको सहजीकरण देविन राईले गरिरहेका छन् ।