Tuesday, January 14News That Matters

स्वर्गिय युवराज राई (कैलाश) स्मृति फुटवल प्रतियोगिता : तेस्रो दिन बगाहा युवा क्लवको जित

पूर्णपुष्टि, २२ कार्तिक ।
त्रियुगा नगरपालिका ४ बगाहा खेल मैदानमा जारी स्वर्गिय युवराज राई (कैलाश) स्मृति फुटवल प्रतियोगिताको तेस्रो दिन बगाहा युवा समुहले जित निकालेको छ । नयाँबस्ती फुटवल क्लव बोक्सेलाई २/१ ले पराजित गर्दै बगाहा युवा क्लवले जित निकालेको हो । बगाहाको तर्फबाट प्रविन राईले २ गोल गरे भने नयाँवस्तीको तर्फबाट सनम राईले १ गोल फर्काए ।

आज साउने फुटवल क्लव र गाईघाट फुटवल क्लवले खेल्ने छ । आयोजकका अनुसार भोली देखी क्वाटर फाईनलको खेल सुरु हुने छ भने शनिवार फाईनल हुने छ । खेलमा उपाधी बिजेताले रु ५० हजार नगद र शिल्ड प्राप्त गर्ने छ भने उपबिजेताले रु ३० हजार नगद र शिल्ड प्राप्त गर्ने आयोजक बगाहा फुटवल क्लवको अध्यक्ष सुरेन्द्र राईले जनाएको छ । खेलमा ८ टिम सहभागी छन । प्रतियोगिताको प्रथम पुरस्कार बैदेशिक रोजगारीमा रहेको नेपालीहरुले सहयोग गरेका छन् भने दोस्रो पुरस्कारका लागि स्थानीनय बुद्धिजिवीहरुले सहयोग गरेका छन् ।