Wednesday, June 17News That Matters

स्ववियु निर्वाचनका लागी त्रिवि केन्द्रिय क्याम्पसमा भोटिङ मेसिन जडान गरिने

पूर्णपुष्टि, चैत ३ । स्ववियु निर्वाचनका लागी त्रिवि केन्द्रिय क्याम्पसमा भोटिङ मेसिन जडान गरिने भएको छ । त्रिवि स्ववियु निर्वाचन अधिकृत डा.अमृत कुमार श्रेष्ठले चैत ५ गते हुने निर्वाचनमा भोटिङ मेसिन जडान गरिने जनाएका छन् ।

निर्वाचनमा प्रत्यक्षतर्फ १२ अध्यक्षसहित विभिन्न पदमा ६२ जना र ५० जना समानुपातिकतर्फको उम्मेद्‌वार रहेका छन् । २१ सदस्यीय स्ववियु समितिमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट एक जना अध्यक्ष, एक जना सचिव, एकजना कोषाध्यक्ष र ८ जना सदस्यहरु निर्वाचित हुनेछन् ।

त्यस्तै समानुपातिक निर्वाचन प्रणालीबाट १० जना उम्मेदवार निर्वाचित हुनेछन् । त्रिवि स्ववियु निर्वाचनका अनुसार केन्द्रीय क्याम्पमा ३ हजार ४०२ जना मतदाता विद्यार्थी रहेका छन् ।