
पूर्णपुष्टि, जेठ ४ गते ।
नागढुङ्गामा वाग्मती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्कीलाई दुव्र्यवहार गर्ने एक युवा पक्राउ परेको छ । स्वास्थ्यकर्मीलाई दुव्र्यवहार गर्ने चन्द्रगिरी घर भएका उत्तम कार्कीलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ ।
शुक्रबार हेटौँडाबाट काठमाण्डौं आउँदै गरेका वाग्मती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक कार्कीलाई उत्तम कार्कीले गाडीबाट झर्न लगाएर उहाँको झोला र गाडी जाँच गर्दै दुव्र्यवहार गरेको थियो । त्यसको चौतर्फी विरोध भइरहेको बेला प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका कार्कीलाई अभद्र व्यवहारको कसुरमा मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
